You are viewing the translated version of अन्तर्राष्ट्रिय द्रव्य कोषको सम्झौताको धाराहरुको धारा १३, दफा २.

Schedule 6
अन्तर्राष्ट्रिय द्रव्य कोषको सम्झौताको धाराहरुको धारा १३, दफा २

धारा, १३ दफा २ – डिपोजिटरीहरुः
(क) प्रत्येक सदस्य मुलुकले कोषसित रहेको आफ्नो मुद्राको मौज्दातको निमित्त आफ्नो
केन्द्रीय बैंङ्कलाई डिपोजिटरी मनोनित गर्नेछन् वा सो मुलुकको आफ्नो केन्द्रीय बैंङ्क
नभएमा कोषलाई मञ्जूर हुने यस्तै अरु संस्थालाई मनोनित गर्नेछन् ।

(ख) कोषले सबभन्दा बढी कोटा हुने पाँच सदस्यहरुले मनोनित गरेको
डिपोजिटरीहरुमा र कोषले छान्ने यस्तै अरु मनोनित डिपोजिटरीहरुमा सुन सहित
अरु सम्पत्ति आफ्नो भोग चलनमा राख्न सक्नेछ । प्रारम्भिक तवरले कोषको
मौज्दातको कमसेकम आधा आफ्नो प्रादेशिक क्षेत्रभित्र कोषको प्रधान कार्यालय
भएको सदस्यले मनोनित गरेको डिपोजिटरीमा राखिनेछ र कमसेकम चालीस
प्रतिशत माथि उल्लेखित बाँकी चार सदस्यहरुले मनोनित गरेको डिपोजिटरीहरुमा
राख्नेछ । तर पनि, कोषद्वारा हुने सुनको सबै हस्तान्तरण, ढुवानी खर्च र कोषलाई
आवश्यक पर्न आउने भनी अंजाम गरिएको खर्चलाई ध्यानमा राखी गरिनेछ ।
असाधारण अवस्थामा कार्यकारी सञ्चालकहरुले कोषसित रहेको सबै वा केही अंश
सुनको मौज्दात उचित तवरले सुरक्षित हुन सक्ने स्थानमा सार्न सक्नेछ ।